हिमालयमा लगातार भइरहेका परिवर्तनका दृश्यले
आज मलाई नयाँ दृष्टि दियो । त्यो प्राकृतिक
सिर्जना साँच्चै नै जादुमयी थियो र त्यसको प्रभाव
चलायमान दृश्य हेरेको जस्तो थियो । विज्ञान
र कलाको कुनै पनि स्तरको संयोजनले यस्ता
दृश्य सिर्जना गर्न सकिंदैन । जुन दृश्य आज
मेरा सामुबाट गुज्रिए, तिनलाई अन्तर–हृदयदेखि
नै महसुस गर्न सकिन्थ्यो । त्यस समयलाई
मैले हिमालको विशाल थुप्रोको बीचमा अत्यन्त
ऐकान्तिक क्षण
जसरी बिताएँ । यस भेगको भ्रमण
गर्दा अतुलनीय प्राकृतिक दृश्य देख्न पाएँ । त्यहाँ
देखेका प्राकृतिक छवि मेरा मस्तिष्कबाट हराएर
जान्छन् कि भनेर म भयभीत भइरहें ।
– जोसेफ डाल्टन हुकर, प्रकृतिविद्