ए दूरका सितारा
मेरो चाँदनी कहाँ छ ?
आँधीमहाँ परेको त्यो दीप हुँ दियोको
सम्झेर यो पृथिवी जो छैन नि निभेको
ए दीप हो अँध्यारा, भन रोशनी कहाँ छ ?
मेरो चाँदनी कहाँ छ ?
लाली सबै गएको त्यो फूल हुँ फुलेको
पर्खेर यो वसन्त जो छैन लौ झरेको
ए फूल हो टुहुरा, भन मालिनी कहाँ छ ?
मेरो चाँदनी कहाँ छ ?