कुनै किताब अरूलाई पढ्न लगाएर सार मात्र सुन्दा हुन्छ । कुनै किताबका अरूले उद्धृत गरेका अंश मात्रै पढ्दा पुग्छ । कुनै किताब चाखे मात्र पुग्छ । कुनै किताबलाई निल्नुपर्छ । अनि कुनै किताबलाई चाहिं चपाएर पचाउनुपर्छ । यो भनेको के हो भने कुनै किताबका केही पेज मात्र पढे पुग्छ । कुनै किताबका सबै पेज उस्तो ध्यान नदिई पढे हुन्छ । कुनै किताब चाहिं परिश्रम गरेर र एकाग्र भएर पूरै पढ्नुपर्छ । – फ्रान्सिस बेकन, यही किताबबाट
र, यो किताब चाहिं पूरै पढ्नुपर्छ, एकाग्र भएर । बीचबीचमा रोकेर यहाँ लेखिएका कुराबारे सोचविचार गर्दै ।