उत्तर–पश्चिमी चीनको मरुस्थलीय पृष्ठभूमिमा
हुर्किएका सुय्मोले त्यहींको सामाजिक जीवन, संस्कृति
र भोगाइलाई आफ्ना कथाको विषयवस्तु बनाएका छन् ।
चिनियाँ आख्यानको मूलधारभन्दा पृथक् स्वाद र
मौलिकता दिंदै लेखिएका उनका कथाहरूमा सामान्य
मानिसको जीवनको सूक्ष्म आकलन र भोगाइलाई
कलात्मक शैलीमा प्रस्तुत गरिएको हुन्छ ।
सिनचियाङ बुढो उनका त्यस्तै उत्कृष्ट कथाहरूको
अनूदित कृति हो ।