आफूलाई वैज्ञानिक ठान्ने धेरै मान्छेहरू उमेर छिप्पिइसकेपछि
मात्रै सुख र सत्यको खोजीमा आध्यात्मिक बाटोतर्फ आकर्षित
हुन्छन् । तीमध्ये सम्भवतः थोरैले मात्र प्रज्ञा प्राप्त गर्न सकेका
होलान्, धेरैले त केही नबुझीकनै यो लोक छाडे होलान् ।
अध्यात्मका यात्रीमध्ये त झन् बिरलै मात्र विज्ञानतिर फर्केर
उत्तर खोज्न हिंडेका देखिन्छन् । योङ्गे मिङ्ग्युर रिम्पोछे त्यस्ता
बिरलाकोटीका आध्यात्मिक गुरु हुन्, जसले सानै उमेरमा
त्यस्तो पाइला चाले र ज्ञानको अद्भुत मार्ग फेला पारे । त्यही
ज्ञानको अद्भुत मार्गमा डोर्याउने ज्ञान–मन्त्र हो यो पुस्तक ।
यस पुस्तकका अनुवादक गुरु डा. सरोज धितालले मलाई
विज्ञान त कहिल्यै पढाएनन् तर विज्ञानको सही अर्थ र यसले
बिरामीको जीवन, परिवार र पूरै समाजमा पार्न सक्ने असरबारे
सोच्न बाध्य तुल्याए । त्यो नै मेरो वर्तमान उपचार विधिको
कला हुन पुगेको छ । पढ्दा यो अनुवाद हैन, मौलिक कृतिजस्तै
लाग्छ । विषय गहिरो भएकाले हरेक पंक्तिपछि घोरिन र सोच्न
बाध्य भइन्छ । शायद रिम्पोछेको उद्देश्य पनि त्यही हो ।
– डा. वसन्त पन्त