सय वर्षअघिको नेपाली समाजको पीडा चिनाउने एक उत्कृष्ट प्रयत्न, उत्कृष्ट कृति, उत्कृष्ट सिर्जना । – जगदीश घिमिरे, साहित्यकार
खालेद होसेनीको काइट रनर, दस्तोएव्स्कीको बद्रर्स कारमाजोभ र नारायण ढकालको प्रेतकल्प पढ्दा इतिहासका पुस्तकहरुबाट भन्दा बढी रुस, अफगानिस्तान र नेपालको छटपटीपूर्ण इतिहास जान्न पाएझैं अनुभव गरें । – गोविन्दवर्तमान, साहित्यकार
प्रेतकल्प इतिहास हो तर वैकल्पिक इतिहास । – कृष्ण गौतम, समालोचक
ढकालको प्रेतकल्प यथार्थवादी लेखनको उत्कृष्ट किताब हो । – सञ्जीव उप्रेती, साहित्यकार, नागरिक, पुस २१ शनिबार २०६९
कथावाचन शैली यस उपन्यासको सबल पक्ष हो । – नयनराज पाण्डे, साहित्यकार
प्रेतकल्प र दुःखपुर त्यो यथार्थ ऐतिहासिक काल–परिवेश अर्थात् क्रोनोटोप हो, जसले एक शताब्दीअघिको नेपाल खाल्डोको जीवनलाई उत्खनन् गर्छ । – सुरेश ढकाल, मानवशास्त्री । मूल्याङ्कन मासिक, जेठ २०६६