ठाँटसित काँठका कथा लेख्छन्, नारायण ढकाल । कतै राजनीतिक रङ्गमा, कतै सामाजिक जीवनका छन्दमा । समाज, संस्कृति, जीवन–शैली र आफू बाँचेको समयको राजनीतिक–रेखा अझै गाढा हुन्छन्, उनका कथामा । उनले शाही सत्ता, पञ्चायतदेखि लोकतान्त्रिक नेपालको कालखण्डसम्म उज्यालोको खोजीमा रहेका किनारीकृत पात्रका मनोदशालाई १३ वटा कथामा उनेका छन्, यस सङ्ग्रहमा । तमस पढेपछि आफू र आफ्नै अगाडिका विपत्तिका कथाहरू थाहा हुन्छ ।